‘झमझम झुम्काना’ सार्वजनिक गरेको पाँच दिनमै युट्युब ट्रेन्डिङ
काठमाडौं । गायक भागीरथ चलाउनेले नयाँ गीत ल्याएका छन्। उनको ‘झमझम झुम्काना’ बोलको गीत सार्वजनिक गरेको पाँच दिनमै युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पर्न सफल भएको छ। यो गीतले छोटो समयमै दर्शकको मन जितेको छ।
गीतमा भागीरथ चलाउनेलाई सुनिता बुढाक्षेत्रीले साथ दिएकी छन्। प्रकाश भट्टले कोरियोग्राफी तथा निर्देशन गरेको म्युजिक भिडिओमा गीता ढुंगाना र भागीरथ चलाउनेको नृत्य छ।
बोमबहादुर गाहामगरको शब्द रहेको गीतमा गायक चलाउने स्वयमले संगीत भरेका छन् भने संगीत संयोजन विनोद बाजुरालीको रहेको छ। राजेश घिमिरेले छायांकन गरेको भिडिओलाई विष्णु शर्माले सम्पादन गरेका हुन्।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।