Todays Date: २०८३ जेष्ठ ३१

प्रदर्शनमा आकाश र पूजाको ‘सम्झना बिर्सना’ र केकीको ‘सिल्ली फो’

काठमाडौं । नेपाली फिल्म आकाश र पूजाको ‘सम्झना बिर्सना’ र केकीको ‘सिल्ली फो प्रदर्शनमा आएका छन्।

निमेश प्रधानको निर्देशनमा बनेको रोमान्टिक फिल्म ‘सम्झना बिर्सना’मा अभिनेता आकाश श्रेष्ठ, पूजा शर्मा र छुल्ठिम गुरुङको मुख्य भूमिका छ। यो फिल्मले नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा १४ शो पाएको छ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको फिल्ममा आकाश, पूजा र छुल्ठिमसँगै सुनिल थापा, शिशिर राणालगायत कलाकारको अभिनय छ। फिल्मको कथा तथा पटकथा निर्देशक निमेष प्रधान स्वयंले तयार पारेका हुन्।

राजबहादुर सानेले निर्देशन गरेको फिल्म ‘सिल्ली फो’ले क्युएफएक्समा ४ शो पाएको छ। कमेडी फिल्ममा केकी अधिकारी, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मीलगायत कलाकारको अभिनय छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x