काठमाडौं । चलचित्र ‘बिजुली’ निर्माणको औपचारिक घोषणा गरिएको छ। राजधानी काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरेर चलचित्रको फस्टलुक सार्वजनिकसँगै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
विकास गिरिको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बिजुली च्याप्टर १’ को निर्माता लुना केसी हुन् ।
विकास गिरिको यो डेब्यू निर्देशन हो। लामो समयको तयारीपश्चात् गिरिले निर्देशनमा पाइला चाल्न लागेका हुन्। बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल, बेनिषा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार छनोट हुन बाँकी रहेको छ । क्रियटिभ प्रोड्युसर केदार भुसाल रहने चलचित्रको छायाँकन भदौ तेस्रो साताबाट सुरु गरिने लक्ष्य निर्माण टिमको रहेको छ।
हरि घले लामाले छायाँकन गर्ने चलचित्रमा एसोसियट निर्देशक आयुष बिसी, मुख्य सहायक निर्देशक शंकर धिताल, प्रोडक्सन मेनेजर नेत्र बिस्ट रहेका छन्। चार युग सत्य, त्रेता,द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको चलचित्रको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरिले जानकारी दिए।