Todays Date: २०८३ जेष्ठ ३१

जोगिन्दरले ल्याए गाइजात्रे कोसेली ‘गठबन्धन’ (भिडियोसहित)

काठमाडौं । लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएका छ ।

देशको समसामाहिक राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मुल्यबृद्धि प्रति, जनतामा देखिएको राजनीतिक दल प्रतिको नैराश्यता, युक्रेन र रशिया युद्ध लगायत निकै मार्मिक बिषयहरु उनले यो बर्ष आफ्नो कमेडी ‘गठबन्धन’ मा समेटेका छन् ।

भरपुर प्रहसन समेत रहेको कोसेलीमा फिल्म भैरेको गीत ‘सान्ननी’ मा उनले प्यारोडी गीत बनाएका छन् । प्यारोडी गीतमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधव कुमार नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपेन्द्र यादव र चित्रबहादुर केसीलगायतलाई ब्याङ्ग्यको बिषयमा समेटेका छन् ।

ओएसआर डिजिटलको निर्माण तथा रिजालको लेखन, प्रस्तुति र निर्देशन रहेको ‘गठबन्धन’ को भिडियोमा रिजाल स्वयंको अलवा दमन रुपाखेती, राधिका हमाल, कमल मैनाली, घनश्याम गौतम, प्रेमशर्मा पौडेल, सुरेश तिमल्सिना, शिवराम कार्की, सविता खड्का लगायतको अभिनय देख्न सकिन्छ ।

‘गठबन्धन’ ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x