‘झम झम झरी लाग्यो’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । गीतकार सागरबाबुको गीति सङ्ग्रह ‘तृष्णा’ सार्वजनिक भएको छ । यस सङ्ग्रहमा युवा गायक तथा सङ्गीतकार विपिन घिमिरेको एकल सङ्गीत रहेको छ ।
‘तृष्णा’ गीति सङ्ग्रहमा रहेको ‘झम झम झरी लाग्यो’, बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको हाे । यो गीतमा युवा गायक तथा सङ्गीतकार विपिन घिमिरे र ममता गुरूङको स्वर रहेको छ ।
‘झम झम झरी लाग्यो’ गीतमा सञ्जय श्रीपालको एरेन्ज, रामजी लामिछानेको निर्देशन तथा सुधीर श्रेष्ठ र अल्का सुवेदीको अभिनय रहेको छ ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।