मेलिना र बिकुको ‘दुधको साक्षी बिरालो'(भिडियोसहित)
काठमाडौं । गायक बिकु क्षेत्रीको सुमधुर स्वरमा सजिएको ‘दुधको साक्षी बिरालो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो युनिकर्न मोशन पिक्चर्स नामक युट्युवच्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतमा उहाँलाई चर्चित गायिका मेलिना राईले साथ दिनुभएको छ । गीतमा शब्द पेन्सलभेनियामा बस्दै आएका गीतकार ईट्टाघरेको रहेको छ ।
दिपक शर्माले संगीतवद्ध गर्नुभएको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माकोबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।
रोशन बिकले कोरियोग्राफी गरेको यस भिडियोमा नवराज उप्रेतीले छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।