शान्तिश्री परियारको तीज गीत ‘माइतीको आँगनमा नाचम्ला’
काठमाडौं । चर्चित गायिका शान्तिश्री परियारको तीज गीत ‘माइतीको आँगनमा नाचम्ला’ बोलको गीत सार्बजनिक भएको छ ।
डि.पी दाहाल परिश्रमीको लय तथा पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतमा चर्चित लोकगायिका परियारको स्वर रहेको छ ।
उक्त गीतको भिडियोमा चर्चित मोडलद्वय नयन डिसी र अञ्जली अधिकारीका साथमा कलाकार रमा थपलियाको पनि अभिनय देख्न सकिन्छ ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।