‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा, विजेताले ७५ हजार डलर पुरस्कार पाउने

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा भएको छ। फाउन्डेशनले काठमाडौंमा आयोजित कार्यक्रमका बिच शोको घोषणा गरेको हो।

दुवै शोका विजेताले ७५ हजार डलर पुरस्कार पाउने फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए। त्यसैगरी, फस्ट रनर-अपले २५ हजार र सेकेन्ड रनर-अपले १० हजार डलर पुरस्कार पाउने बताइएको छ।

विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागितामा यो शो आयोजना गरिने अधिकारीले बताए।

‘यो कार्यक्रम आयोजना गरेर हामीलाई कुनै पनि नाफा कमाउनु छैन। विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई एक सुत्रमा बाध्ने र उनीहरुलाई नेपाली भाषाको बारेमा सधैँ नै सजग गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो,’ उनले भने।

शोमा सहभागी हुने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन्। अगष्ट महिनादेखि सुरु हुने अडिसन ३१ डिसेम्बर २०२२ सम्म खुल्ला रहनेछ।

यस्तै, जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ। नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलमा अडिसन हुनेछ। यस्तै, क्यानडा र अमेरिकामा भने १/१ स्थानमा अडिसन गरिनेछ। फ्रेबुअरी २८ तारिखसम्म फिल अडिसन सकेर साइटलेस अडिसनका लागि छनोट भएका प्रतिस्पर्धीलाई नेपालमा ल्याउने इन्ट्रा फाउन्डेशनका अध्यक्ष अधिकारीले बताए।

कार्यक्रममा कलाकार निर शाह, भूवन केसी, निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, प्रियंका कार्कीलाई सम्मान गरिएको थियो।

इन्ट्रा फाउन्डेशनले अहिले ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए’ आयोजना गरिरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x