News

खगेन्द्र लामिछाने निर्देशित ‘पानीफोटो’ देशभर प्रदर्शनमा

Paniphoto16576257671657677723

काठमाडौं । खगेन्द्र लामिछाने निर्देशित नेपाली कथानक चलचित्र ‘पानीफोटो’ आज आजबाट प्रदर्शनमा आएको छ ।

तत्कालीन सरकार–माओवादी द्धन्द्धका क्रममा हराएको छोरो फर्किने आसमा १७ वर्षदेखि बसेको एक दम्पतीको कथा हो ‘पानीफोटो’ देशभरको हलमा शुक्रवारदेखि प्रदर्शनमा आएको हो ।

चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मल्लिका महत, प्रकाश घिमिरे तथा खगेन्द्र स्वयं मुख्य भूमिकामा छन् ।

संक्रमणकालीन न्याय अपूरै हुँदा बेपत्ता परिवारले भोग्नुपरेको हैरानीलाई चलचित्रले देखाउन खोजेको छ।

खगेन्द्रकै कथा रहेको फिल्मलाई मञ्जुश्री प्रोडक्सनको निर्माण गरेको हो। फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

चलचित्रमा रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपालको अभिनय छ।

यही फिल्ममार्फत खगेन्द्र निर्देशनमा अघि बढेका हुन्।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments