News

चलचित्र ‘चपली हाइट–३’ पुनः रिलिज हुने

chpali hight 31659025595

काठमाडौं । चलचित्र ‘चपली हाइट–३’ पुनः रिलिज हुने भएको छ । चलचित्र यही साउन २० रिलिज हुन लागेको हो ।

पुस ३० गते प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट–३’ कोरोना संक्रमणको त्रासका कारण भएको लकडाउनका कारण प्रदर्शन भइरहेका बेला रोकिएको थियो । प्रदर्शन भइरहेका बेला रोकिएकाले पुनः चलचित्र प्रदर्शन हुन लागेको निर्माता अर्जुन कुमारले जानकारी दिए ।

‘चपली हाइट–३’लाई निकेश खड्काले निर्देशन गरेका छन् । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अमिर गौतम मुख्य भूमिकामा छन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments