Trailer

प्रेम र विछोडका कथा बोलेको चलचित्र ‘मिलन’ को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘मिलन’ को टिजर सार्वजनिक भएको छ ।

टिजरमा प्रेम र विछोडका दृष्यले प्रथामिकता पाएको छ । टिजरमा अभिनेताद्धय कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाबीचको प्रेम देख्न सकिन्छ ।

टेक पौरखी राई निर्देशित चलचित्र त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको हो । अभिनेता कुशल र अभिनेत्री शिल्पाले यसैचलचित्र बाट डेब्यु गरेका हुन् ।

फिल्ममा कुशल, सलोन र शिल्पासँगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको अभिनय छ । चलचित्र कात्तिक १८ बाट प्रदर्शनमा आउन लागेको छ ।

कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व रहेको फिल्म काठमाडौं र कालिन्चोकमा छायांकन भएको हो । प्रविन थापा निर्माता रहेको फिल्ममा राहुल राईको छायांकन र तारा थापा किम्बे सम्पादन छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments