Todays Date: २०८३ जेष्ठ १२

यस्तो छ इन्डियन आइडल विजेता पवनदीपको नेपाली गीत ‘घाम झै बलेकी’ (भिडियोसहित)

काठमाडौं । इन्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजन र सिजन १२ कै प्रतिस्पर्धी अरूनिता कान्जीलालको स्वरमा नेपाली गीत सार्वजनिक भएको छ ।

गीतकार एसपी सापकोटाको शब्द रचना रहेको गीत घामझैँ बलेकी बोलको गीत बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । गीत भिडियोसहित सार्वजनिक गरिएको छ ।

यो पवनदीपको पहिलो नेपाली गीत हो । पवनदीपले पहिलोपटक नेपाली गीत गाउन पाउँदा खुसी व्यक्त गरेका छन् । उनले गीतकार एसपी सापकोटाको शब्द मन परेकाले यो गीत गाएको बताए । “म बच्चैदेखि नेपाली गीत सुन्दै हुर्केको हुँ । अहिले यति राम्रो नेपाली गीत गाउन पाउँदा खुसी छु । नेपालबाट यस्तो राम्रो गीत बनेर मुम्बई आयो कि, मलाई सुन्दर पहाडको झल्को याद आयो,” उनले भने ।

गीतमा शिखर सन्तोषको संगीत तथा उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x