काठमाडौं । शुक्रवारबाट दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएको छ। ‘गुर्खास् बिनिथ द ब्रेभरी’ र ‘ऐना झ्यालको पुतली’ गरी दुई वटा चलचित्र प्रदर्शनमा आएका हुन्।
यी चलचित्र हलवाला र वितरकबीचको लामो रस्साकस्सीबीच आज चलचित्र प्रदर्शन आएका हुन् । ‘
ऐना झ्यालको पुतली’ लाई रिलिजको अघिल्लो दिनसम्म पनि शो उपलब्ध नगराएको भन्दै विरोधमै उत्रिनु परेको थियो ।
कलाकार समाज, नेपाल चलचित्र निर्माता संघले विज्ञप्ति नै जारी गर्नु परेको थियो भने कलाकारहरुलेले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका थिए ।
ऐना झ्यालको पुतलीका निर्देशक सुजित विडारी हुन्। यो चलचित्रमामा दिनेश खत्री, सिरु विष्ट, कञ्चन चिमरिया लगायतको अभिनय छ।
यो चलचित्रले दुई बालबालिकाको मनोविज्ञान, सपना र संघर्षमा केन्द्रित छ। चलचित्रले ले बाल्यकालको याद दिलाएर नोस्टाल्जिक बनाउने बताइएको छ। रङ्गकर्मीलगायतले यसको प्रशंसा गरेका छन् ।
‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अस्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ ।
बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’मा समेत यो फिल्म छानिएको थियो ।
सेट डिजाइन, भीएफएक्स र वार मुभी भएकाले गुर्खा लामो समयदेखिको प्रतीक्षित फिल्म हो। यता ऐना झ्यालको पुतलीले प्रिमियर शोहरूमा उल्लेखनीय तारिफ बटुलेको छ। अधिकांशले फिल्मबारे सकारात्मक समीक्षा दिएपछि यो फिल्म पनि प्रतीक्षित बनेको छ।
गुर्खाका निर्देशक प्रदीप शाही हुन्। भिक्टोरिया क्रस प्राप्त गर्ने गोर्खा सैनिक कुलवीर थापाको जीवनी यो फिल्म आधारित छ।