काठमाडौं । टेलिभिजन गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन-४ को ग्राण्ड प्रिमियर गरिएको छ ।
टीभीमा प्रसारण हुने पूर्वसन्ध्यामा वान सिनेमाज् हलमा ग्राण्ड प्रिमियर भएको हो । यो रियालिटी शो आज (शुक्रबार) राति ८ बजेदेखि हिमालय टीभीबाट प्रसारण हुँदैछ ।
डिजिटल अडिसनमा सहभागी ४१ हजार आवेदकमध्येबाट छानिएका अन्तिम ६४ प्रतिस्पर्धी प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । यसपटक कोचमा राजेशपायल राई, राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारी हुनेछन् ।
निर्देशक लक्ष्मण पौडेलका अनुसार चार जना कोचले प्रत्येक टिममा १६ जना प्रतिस्पर्धी सहभागी हुने गरी ड्रिम टिम गठन गर्नेछन् ।