Todays Date: २०८३ जेष्ठ १२

कमल खत्री र मेलिना मैनालीले गरे इन्गेजमेन्ट

काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन्। केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आज इन्गेजमेन्ट गरेका हुन्।

इन्गेजमेन्ट समारोहको फोटोहरू राख्दै उनीहरूले फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन्। दुवैले एकअर्कासँग जीवनको नयाँ अध्यायको सुरुवात हुनु जीवनकै सुखद पक्ष रहेको स्टाटसमा उल्लेख गरेका छन्।

‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो। चाहना यति छ कि साथ र माया सधै पाई रहुँ। जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौँ,’ दुवैले फेसबुकमा लेखेका छन्।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले कतिपय गीतमा सहकार्य गरिसकेका छन्। खत्री सांगीतिक क्षेत्रमा स्थापित गायक हुन्। त्यसैगरी, मेलिना भने रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएकी हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x