Todays Date: २०८३ जेष्ठ १२

टीभी रियालिटी शो ‘द पोएट आइडल’को अडिसन खुला

काठमाडौं । काठमाडौं । नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो ।

अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइन आवेदन दिन सक्नेछन् ।

शोका लागि अडिसन खुला भएको छ । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुप बराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् ।

कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x