Todays Date: २०८३ जेष्ठ १२

‘हैट’ नामले चर्चित बुद्धि तामाङले गरे अनुसँग विवाह

काठमाडौं । अभिनेता बुद्धि तामाङले विवाह गरेका छन्। उनले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गरेका हुन्। उनीहरूको आज तामाङ परम्पराअनुसार विवाह भएको हो।

कौशलटारको एक पार्टी प्यालेसमा उनीहरूको विवाह समारोह चलिरहेको छ। उनीहरूको विवाहमा नजिकका आफन्त र केही कलाकारहरू उपस्थित छन्।

केदार घिमिरे ‘माग्ने बुढा’, अनुप बराल, अशोक शर्मा, विजय बराललगायत कलाकार विवाहमा उपस्थित छन्।

अनुसँग उनको मागी विवाह भएकाे हो। ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन्।

अभिनेता बुद्धिले ‘साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोलेलगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन्।

बुद्धि नेपाली सिने क्षेत्रमा ‘हैट’ नामले चर्चित छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x