Todays Date: २०८३ असार १३

पल शाहविरुद्ध नवलपुर अदालतको फैसला-‘रिल लाइफको‘क्रेज’ दुरुपयोग गर्नुहुँदैन'(पूर्णपाठ)

काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। गत भदौ २१ मा जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो।

इजलासले नाबालिकामाथि बलात्कारको मुद्दामा पललाई सफाइ दिए पनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको थियो। यस्तै, पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो।

‘अभियोजन पक्षले अभियोग दायर गरेपछि आफूले दायर गरेको अभियोग शंकारहित तवरबाट पुष्टि गर्नु पर्दछ’, आदेशमा भनिएको छ ।

फैसलामा प्राप्त सबुत र प्रमाणबाट शाह र नाबालिकाबीच यौन सम्बन्ध स्थापित भएको मान्न नसकिने उल्लेख छ ।

तर प्रमाणका रूपमा प्राप्त भएका अडियो र मेसेजहरूलाई हेर्दा पल शाहले नाबालिकासँग प्रेमको सम्बन्ध कायम गरी, यौनजन्य अस्वाभाविक व्यवहार देकाएको अदालतको निष्कर्ष छ ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ (२) बमोजिम बालयौन दुरुपयोगको कसुर गरेको ठहर्‍याइएको छ ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x