News

दरबारको कथामा ‘राजमहल’को निर्माण घोषणा, मुख्य भुमिकामा रमेश, आँचल र सलोन

412711350 7427731267246796 8371901225505537679 n

फिल्म ‘राजमहल’ निर्माणको घोषणा गरिएको छ ।

दरबारको कथा समेटेर निर्माण घोषणा गरिएको फिल्मको बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको हो ।

सुरुवाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रूपमा फिल्मको टाइटल ‘राजमहल’ राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्ममा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिँदैछिन । आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाउन चाहेन ।

फिल्ममा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा खेल्दै छन् भने मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पविले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गर्दै छन् । करिब चार करोड बजेटमा बन्ने भनिएको चलचित्रको माघ पहिलो साता देखि अष्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्ड सम्म पुगेर केही सिन खिचिने छ भने बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिने छ ।

फिल्ममा सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ जस्ता चिर परिचित अनुहार सहित, रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी पनि यो फिल्मका अन्य चारित्रिक भूमिकामा देखिँदैछन् पुरुषोत्तम प्रधानले खिच्ने चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरिले सङ्गीत भर्ने छन् ।

निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको राजमहलका मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ रहेका छन् भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युवराज कार्की जोडिएका छन् । त्यसै गरी सह-निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अष्ट्रेलिया तर्फबाट सहकार्य गरेका छन् ।

कार्यक्रममा निर्देशक तोलाङ्गीले फिल्मको कथालाई न्याय गर्ने गरी आफूले निर्देशन गर्ने प्रतिबद्धता जनाएका छन् भने अभिनेत्री आँचलले यो चलचित्रको कथा अनुसार उत्कृष्टता प्रदर्शन गर्न आफू आतुर रहेको बताइन । अभिनेता रमेश उप्रेतीले चाहिँ अहिले नै आफूले ठुलो कुरा नगर्ने चलचित्रको छायांकन सकिएपछि सविस्तार बोल्ने बताए ।

कार्यक्रममा राजदरबारको प्रसङ्ग निस्किदा नेपालको राज दरबारबार हत्याकाण्डको विषयमा कलाकारहरूले फरक फरक मत राख्दा रमेश उप्रेतीले भने दरबार हत्याकाण्डमा युवराज दीपेन्द्रको नै भूमिका हुने ठोकुवा समेत गरेका छन् ।

410861433 7427730710580185 1050145932714399506 n
Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments