कलाकार नीर शाह राष्ट्रियसभा सदस्यको उम्मेदवारमा सिफारिस

आगामी माघ २१ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको चुनावका लागि अभिनेता नीर शाह पनि आकांक्षी रहने भएका छन् । उनले बुधबार नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहने गरी नाम दर्ता गराएका हुन् । राष्ट्रिय सभा सदस्यको उम्मेदवारको लागि नाम दर्ता गराउने बुधबार अन्तिम दिन थियो ।

अघिल्लै कार्यकालका लागि नीर शाह सिफारिस हुने चर्चा थियो । तर शेरबहादुर देउवाको फाइनल लिस्टमा नपरेपछि उनी राष्ट्रिय सभा सदस्य बन्ने चर्चा चर्चामै मात्र सीमित रहेको थियो ।

राज परिवारसँग निकट मानिएका शाहले गणतन्त्रको स्थापनापछि नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका छन् । गत वर्षको प्रदेश सभाको चुनावमा पनि उनी उम्मेदवार बन्ने चर्चा थियो । तर त्यसबेला पनि उनले टिकट नपाएको चर्चा चलेको थियो ।

‘परिवर्तन’ चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेका शाह नेपाली चलचित्र उद्योगको पहिलो पुस्ताका सक्रिय चलचित्रकर्मी मानिन्छन् । ‘वासुदेव’ ‘बसन्ती’ जस्ता चलचित्र निर्देशन गरेका शाह पछिल्लो समय भने अभिनयमा मात्र केन्द्रित छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x