‘हात्तीछाप’को ‘मायालु’ गीतमा उपासनासँग रोमान्टिक देखिए दयाहाङ

फिल्म ‘हात्तीछाप’मा समावेश ‘मायालु’ बोलको गीत सार्वजनिक गरिएको छ । माघ २६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको पहिलो रोमान्टिक गीत आज सार्वजनिक गरिएको हो ।

हर्क साउदको शब्द, प्रताप दास र ममता गुरुङको स्वर, उज्ज्वल सागरको संगीत रहेको यो गीतले प्रेमको भाषा भन्छ ।

फिल्मको यो गीतमा मुख्य कलाकारद्धय नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीलाई रोमान्टिक अवतारमा देखाइएको छ । यो गीतको भिडियोले फिल्म भित्र उपासना र दयाबिच फैलिएको मायालाई देखाएको छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्मको टिजरलाई दर्शकले रुचाइसकेका छन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, प्रदीप भारद्धाजको लेखन, देव महर्जनको एक्सन, सुशन प्रजापतिको छायांकन छ ।

रोहित कट्टेलले नेपालमा यो फिल्मको वितरण गर्नेछन् भने एमएसएम पोष्ट प्रोडक्शनले ओभरसिजमा फिल्मको वितरण गर्नेछ । किरण नेपालीको प्रस्तुतीमा तयार भएको यो फिल्ममा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रुपमा छन् । सरोज नेपाली फिल्मका कार्यकारी निर्माता हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x