‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दै स्वस्तिमा, निश्चलसँग जोडी

nischal swasatima

अभिनेत्री स्वस्तिमा खड्काले अभिनयसँगै निर्माणमा पनि हात हालेकी छिन् ।

उनले आकाश बरालको निर्देशन रहने ‘बेहुली फ्रम मेघौली’मा निर्माताको पनि जिम्मेवारी सम्हाल्ने भएकी हुन् । फिल्ममा उनको अभिनय पनि रहनेछ ।

स्वस्तिमाले आज सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै ‘बेहुली फ्रम मेघौली’बाट निर्माण यात्राको थालनी गर्न लागेको पुष्टि गरेकी हुन् । फिल्ममा उनले अभिनय पनि गर्ने जानकारी गराएकी छिन् । फिल्ममा स्वस्तिमासँगै निश्चलको पनि अभिनय रहनेछ । पछिल्लो समय दुवैले ‘दिमाग खराब’मा काम गरेका थिए ।

फिल्मका लागि विजय बराल फाइनल भइसकेको जानकारी गराइएको छ । बाँकी कलाकार भने केही समयमा सार्वजनिक हुने निर्माण टिमले जनाएको छ । फिल्मको सुटिङ फागुनबाट गर्ने तयारी निर्माण टिमको छ । स्वस्तिमाले ‘चपली हाइट ३’ मुनाफाको साझेदारको रुपमा काम गरेकी थिइन् ।

कोभिड महामारीको समयमा बारम्बार रिलिज भएको फिल्मले अपेक्षित व्यापार भने गर्न सकेको थिएन । फिल्म निर्देशनमा डेब्यु गर्न लागेका आकाश बरालले ‘दिमाग खराब’ ‘बिहे पास’ आदि फिल्म लेखेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x