मित्रता र पारिवारिक कथा समेटिएको ‘चित्रा’

J4A9385

निर्देशक घनश्याम लामिछानेले फिल्म ‘चित्रा’लाई बाबुछोरीको सम्बन्धको फिल्मका रुपमा मात्र बुझ्न नहुने बताएका छन्। बिहीबार भएको पत्रकार भेटघाटमा निर्देशक लामिछानेले आफ्नो फिल्ममा बाबुले छोरी बचाउन गर्ने संघर्षमात्र नभई सम्बन्ध, मित्रता, परिवारका उतारचढाव लगायतका कुरा समेटिएको बताए।

‘बाबुछोरीको कुरा यो सिनेमामा एउटा बाटो हो यसका अलावा यसमा धेरै कुरा छन्’, उनले भने। उनले चित्रालाई पूर्ण पारिवारिक फिल्मका रुपमा बुझ्न आग्रह गरे।

फिल्मबाट सन्तोष अधिकारीले ४२ वर्षको उमेरमा अभिनेताका रुपमा फिल्ममा डेब्यू गर्दैछन्। उनले ‘घर’, ‘आमा’ लगायतका फिल्ममा सह-निर्माण गरिसकेका छन्। पत्रकारहरुले निर्देशक लामिछानेलाई अधिकारीलाई फिल्ममा खेलाउनुको कारण उनी निर्माता हुनु प्रमूख कारण हो भनी सोधेका थिए। निर्देशक लामिछानेले यसलाई अस्वीकार गरे।

‘तपाईंले भनेका दुईटै कुरा ठीक छन् । एउटा स्टोरी पनि थियो, जुन उहाँहरुले लिएर आउनुभएको थियो। कथा अनुसार सन्तोषजी राइट कास्टिङ हुनुभयो। ४२ वर्षको उमेर डेब्यू हुँदै हुनुहुन्छ। तपाईं हामीलाई त्यस्तो लागेपनि राइट कास्टिङ हुने भएकाले उहाँ सिनेमामा हुनुहुन्छ’, उनले भने ।

लामिछानेले सन्तोषले स्क्रिप्टमा कुनै हस्तक्षेप नगरेको बताए। त्यसैगरी उनले फिल्ममा एन्टागोनिस्ट बनेका प्रमोद अग्रहरीको पात्रमा दर्शकले भिन्नसँगै विभिन्न रुपहरु देख्नसक्ने बताए। त्यस्तै कुरा अर्पण थापाको चरित्रमा पनि देख्न सकिने उनको भनाइ थियो।

‘प्रमोदजीको क्यारेक्टर साँच्चिकै सप्राइजिङ छ। अर्पणजीको केसमा पनि त्यस्तै देख्नुहुनेछ’, उनले भने। यसैगरी डेब्यू अभिनेता सन्तोषले आफू फिल्ममा पैसा डुबाउन नआएको र लगानी गरेको पैसा बजारबाट उठाउन सकिने देखेरै सिनेमा बनाएको बताए।

‘लगानी उठ्नेमा म विश्वस्त छु। लगानी उठ्नेमात्र होइन, मलाई यसमा गरेको लगानी उठाएरै अर्को फिल्ममा लगानी गर्छु। आज एउटा फिल्ममा लगानी गर्छु अनि घर गएर सुत्छु भनेर आएकै हैन, ब्याक टु ब्याक सिनेमा बनाउँछु भनेर आएको हुँ’, अधिकारीले भने।

यस्तै अभिनेता प्रमोद अग्रहरी सिनेमाबाट आशावादी देखिए। उनले ट्रेलर सार्वजनिक भएपछि मिलेको प्रतिक्रियाहरुबाट आफू थप आशावादी भएको बताए। ‘ट्रेलर रिलिज भइसकेको छ। मैले सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छु। मलाई लाग्छ दर्शकको साथ पाइनेछ’, उनले भने।

साक्षात्कारकै क्रममा निर्देशक घनश्याम लामिछानेले आफ्ना पछिल्ला फिल्महरु भन्दै शैलीका हिसाबले ‘चित्र’ फरक हुने ठोकुवा गरे। ‘मेरा पहिलेका फिल्ममा भन्दा यो व्यवसायिक धारमा छ। मैले मेरो शैली परिवर्तन गरेको छु। बजार हेरेर बुझेर बनाएकाले मेरो यो फिल्मले व्यवसायिक पाटोलाई राम्रो सम्बोधन गर्ने मेरो विश्वास छ’, उनले आत्मविश्वासका साथ भने।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x