Todays Date: २०८३ जेष्ठ २७

मेनुका पौडेलको ‘बादलु माथि’ सार्वजनिक

79307c88 3b49 4cd7 b22b f0e76e661ccc.jpg

भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’को उत्कृष्ट ११ मा पुगेकी नेपाली गायिका मेनुका पौडेलको नेपाली गीत ‘बादलु माथि’ सार्वजनिक भएको छ ।

गायक, सङ्गीतकार तथा गीतकार राजनराज सिवाकोटी र मेनुकाको संयुक्त स्वर रहेको उक्त गीत रेबेल क्रियशनले बजारमा ल्याएको हो । गीतमा राजनकै शब्द र सङ्गीत छ ।

भिडियोमा नकुल खड्काको सम्पादन छ । रेबेल क्रियशनले गीतको अफिसियल भिडियोसमेत ल्याउने जनाएको छ । गीतका निर्माता गगनलाल प्रधानले मेनुकाको स्वरको यो गीतले उनको थप मनोबल बढ्ने विश्वासका साथ गीत सार्वजनिक गरिएको बताए ।

गायक राजनराजले मेनुकाको प्रतिभालाई सही समयमै श्रोतामाझ पुर्‍याउन आफूहरूले गीत बजारमा ल्याएको बताउनुभयो । “मेनुकाले जुन सफलता हासिल गरिरहेकी छिन् यो गीतले त्यो सफलतामा अझै ऊर्जा भर्नेछ भन्ने विश्वास लिएको छु”, उनले भने । इन्डियन आइडलमा ‘सङ्गीतकी साक्षात् स्वरूप’ भनेर परिचय बनाएकी मेनुका पौडेलको यो गीतले उनको साङ्गीतिक उडानमा थप सफलता मिल्ने विश्वास आफूले लिएको राजनराजले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x