Todays Date: २०८१ चैत्र १५

फागुन ३ बाट ‘कमेडी च्याम्पियन ३’ प्रशारण हुने, फर्म्याट फेरिने

show 1

कमेडी च्याम्पियन सिजन–३ आगामी फागुन ३ गतेबाट सुरु हुने भएको छ । निर्माण पक्षले बुधबार दरबारमार्गमा पत्रकार सम्मेलन गरी प्रतियोगितमा सोचेभन्दा बढी प्रतिभावान् प्रतिस्पर्धी आएकाले शोको फर्म्याटमा हेरफेर गरिने जानकारी दिएको हो ।

यो शो हरेक साताको बिहिबार र शुक्रबार राती ९ बजेदेखि साढे १० बजेसम्म कान्तिपुर टीभीमा प्रशारण हुनेछ । निर्देशक विशाल भण्डारीका अनुसार यो शो जम्मा ३३ एपिसोडको रहनेछ । त्यसमा ३२ नियमित र एक एपिसोड फाइनल रहनेछ । यस्तै उनले, कोरोनाका कारण बजार फस्टाउन नसकेकाले तेस्रो सिजन प्रशारण गर्न केही ढिला भएको पनि स्पष्ट पारे ।

फर्म्याट परिवर्तनबारे जानकारी दिँदै भण्डारीले भने, ‘दुई सिजनमा हामी टप २४ भनेर गर्थ्यौँ । यो पटक हामीले टप ३० को फर्म्याटमा लैजाँदै छौं । पहिला सुपर १५ थियो अहिले सुपर १६ को फर्म्याटमा जान्छौं । त्यसपछि टप १०, ९, ८ हुँदै जान्छ । वाइल्ड कार्डको पनि अवसर छ ।’

फिजिकल अडिसनको पाँचमध्ये तीन एपिसोड तयार भइसकेको भण्डारीको भनाइ छ ।

तेस्रो सिजनको डिजिटल अडिसनमा हजार भन्दा बढीले सहभागिता जनाएको बताइएको छ । जसबाट १३२ जनालाई छानिएको र त्यसबाट पनि ७६ जना प्रि अडिसन राउन्डमा सहभागी भएका थिए । अडिसन राउन्डबाट सुपर ३० छानिने छन् भने त्यसपछि १६ जना सुपर १६ मा प्रवेश गर्नेछन् । 

प्रतिस्पर्धा रोचक बनाउन फर्म्याट परिवर्तन गरेको निर्णाण पक्षले जनाएको छ । जजमा भने पहिलाकै चार जना, सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा दोहोरिने छन् । यो शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । शोको होस्ट रिमा विश्वकर्मा र मेक्सम गौडेलले गर्नेछन् ।

निर्माण पक्षका अनुसार विजेताले २५ लाख नगद र सोही मूल्य बराबरको गाडी पुरस्कार पाउनेछन् । थ्री प्रोडक्शनले यो शोको निर्माण गरिरहेको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top