Todays Date: २०८३ जेष्ठ १२

‘ह्रस्व दीर्घ’को फस्टलुक पेस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

hraswo dirga

फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति तय गरिएको छ । नायिका नीता ढुंगानाको लगानीमा तयार भएको फिल्मको दोस्रो सेड्यूलको छायांकन सकिएसँगै यसको प्रदर्शन मिति तय गरिएको हो ।

यो फिल्म लाई आउँदो बर्षको असोजको ११ गतेबाट नेपालसँगै भारत र अन्य देशमा रिलिज गर्ने तयारी गरिएको छ । चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्मको फस्टलुकमा साउथका चर्चित कलाकार ब्रमानन्दम मात्र फिचर छन् । उनको जन्मदिनको अवसर पारेर फिल्मको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

फस्टलुकमा साउथका यी चर्चित कलाकार निधारमा चन्दन लगाएर मुस्कुराएका छन् । यस्तै, अर्को एक तस्विरमा भने उनको अनुहार रिसाएको जस्तो देखिन्छ । फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, विपना थापा, किरण केसी, गरिमा शर्मा र साउथका अर्का चर्चित कलाकार प्रदिप सिंह राउतको मुख्य भूमिका छ ।

फिल्ममा हरिहर अधिकारीको कथा, कविरलालको छायांकन छ । निर्माणपक्षले यो फिल्मको निर्माणमा निकै मिहिनेत गरिरहेका छ । साथमा, फिल्मका लागि महंगो बजेट समेत खर्च भएको वुझिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x