News

कोशिशले कसे प्रेमीका सन्ध्यासँग लगनगाँठो

421621120 1112408283248485 1315726110509576711 n
421621120 1112408283248485 1315726110509576711 n

अभिनेता तथा गायक कोशिस क्षेत्री विवाहवन्धनमा बाँधिएका छन् ।

हेटौडा स्थायी घर भएका कोशिसले हेटौडाकै सन्ध्या ढुंगानासँग विवाह गरेका हुन् । उनीहरुबीच गत माघ १७ गते विवाह भएको हो । कोशिसले एक वर्ष पहिले सन्ध्यासँग इन्गेजमेन्ट गरेका थिए ।

उनीहरुको सिमित पारिवारिक व्यक्तिहरुको उपस्थितिमा विवाह भएको हो । उनीहरुले आठ वर्ष बढी लामो प्रेमसम्बन्धलाई विवाहमापरिणत गरेका हुन् ।

सन्ध्याले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् । गायन हुँदै अभिनयमा प्रवेश गरेका कोशिसले ‘मोक्ष‘ फिल्ममा उत्कृष्ट काम गरेको भन्दै तारिफ पाएका थिए । यो वर्ष उनी अभिनित ‘ऐंचोपैचो‘ तथा ‘परस्त्री‘ फिल्म रिलिज भएको थियो ।

उनी अब केही समयपछि दिनेश अधिकारी ‘चरी‘को जीवनीमा आधारित फिल्ममा अभिनय गर्ने तयारीमा छन् ।

421581332 1093490708445517 8565207006963941827 n
Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments