यस्तो छ ‘मुटु त ढुक ढुक कलेजो भ्याट भ्याट’

Saroj Bina 4

गायक तथा संगीतकार नन्दु गुरुङको स्वरमा रहेको गीत ‘मुटु त ढुक ढुक कलेजो भ्याट भ्याट’ को भिडियो सार्वजनिक भएको छ । गीतमा कुमार गुरुङको शब्द, सिद्धान्त खड्काको एरेन्ज र राजीव शाहको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा सरोज प्रजा र बिना राउतसँगै विवेक, प्रितम, दावा र रुपक फिचर्ड छन् । बिनालाई देखेपछि दृष्टिविहिन बनेको नाटक गरेका सरोजको कर्तुत थाहा पाएपछि रिसाएकी बिनालाई सरोजले फकाउन गरेको प्रयासलाई भिडियोमा देखाइएको छ ।

आइ क्याच स्टुडियोमा पोस्ट प्रोडक्सन गरिएको भिडियोमा विशाल थापाको छायांकन, दिन्सन शाहको सम्पादन र कलर तथा रोशन विश्वकर्माको कन्सेप्ट, कोरियोग्राफी र निर्देशन छ । भिडियो सरोज प्रजाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x