Todays Date: २०८३ जेष्ठ १२

दुर्गेश थापामाथि जुत्ता प्रहार

Durgesh Thapa

गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ ।

शनिबार वालिङ महोत्सवमा प्रस्तुति दिँदै गर्दा दुर्गेशमाथि जुत्ता प्रहार भएको हो ।

वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ महोत्सवमा प्रस्तुती दिँदै गर्दाको अवस्थामा उनीमाथि दर्शकले जुत्ता प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार थापाले प्रस्तुति दिइरहँदा २२ वर्षका एक युवकले उनीमाथि जुत्ता प्रहार गरेका थिए । त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको थियो ।

आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएका युवक र गायक थापालाई राखेर छलफल गरेको छ । ती युवकले आफूले जोशमा जुत्तामाथि फाल्दा स्टेजमा पुगेको र आफ्नो हान्ने नियत नभएको बयान प्रहरीलाई दिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x