‘पिताम्बर’मा आँचल र सुरक्षापछि सुपुष्पाको इन्ट्री

फिल्म ‘पिताम्बर’मा अर्की नायिका सुपुष्पा भट्टको प्रवेश भएको छ। नायिकाद्धय सुरक्षा पन्त र आँचल शर्मा केही दिन अगाडि फाइनल भएका थिए।
केही दिनबाट फ्लोरमा जाने यो फिल्मको आज सरस्वती पूजाको दिन पूजा गर्दै शुभसाइत गरिएको हो । फिल्मको शुभसाइतसँगै सुपुष्पा प्रवेश गरेकी हुन्।
पुरुषोत्तम प्रधानको छायांकन रहने यो फिल्मलाई निर्देशक कृषाले छायांकन दुई सेड्यूलमा खिच्ने तयारी गरेकी छिन् ।
निर्देशक कृषा चौलागाईंले निर्देशन गर्न लागेको फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, आँचल शर्मा, सुरक्षा पन्त, सुपुष्पा भट्ट, प्रमोद अग्रहरी, दिव्य देव, कामेश्वर चौरासियाँले काम गर्ने पक्का भएको छ । फिल्मको केन्द्रीय भूमिकामा नायक प्रदीप खड्काले काम गर्दैछन् ।
पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मलाई एक्सन जनरामा निर्माण गर्ने तयारी गरिएको छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।