‘डिग्री माइला’को ‘सुस्त सुस्त’ गीतमा दयाहाङ र आँचलको केमेस्ट्री

Dayahang Aanchal 2

निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’को पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक भएको छ । गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् ।

गीतले उनीहरुको एकअर्काप्रति आकर्षण, प्रेम, आशक्ति र समर्पण बोल्छ । दुवैको केमेस्ट्री सुहाएको देखिन्छ ।

गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द तथा संगीतकार योगी र विज्ञानी पराजुलीको स्वर छ । गीतको भिडियोमा युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा वान्तवा राईको डिरेक्टर अफ कोरियोग्राफी रहेको छ ।

बाँसुरी फिल्मसले कबड्डी फिल्मस् र सुस्मा फिल्मस्सँग सहकार्य गर्दै निर्माण गरेको फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ ।

फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई ट्यागलाइन बनाएको छ ।

फिल्म आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको पाश्र्व संगीत, शिवराम श्रेष्ठ र राइली एस शिनको छायाङ्कन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x