Todays Date: २०८३ बैशाख २४

विराजको ‘१२ गाउँ’को खलनायक ‘साहो’ भिलेन कनिज

kanij

नायक तथा निर्देशक विराज भट्टको नयाँ फिल्म ‘१२ गाउँ’का लागि खलनायक फाइनल गरिएको छ । यो फिल्ममा कनिज कोइरालालाई खलनायकको रुपमा अनुवन्धित गरिएको हो । कनिज ‘इन्टरनेशनल म्यानहन्ट नेपाल–२००९’सँगै पहिलो नेपाली ग्ल्याडरक्स मोडल समेत हुन् ।

उनले ‘साहो’ र तेलुगु फिल्म ‘गोचाडरी’मा खलनायकको रुपमा काम गरिसकेका छन् । यस्तै, उनले विराजसँग भोजपुरी फिल्म ‘वध’मा पनि काम गरेका छन् । कनिजले काम गर्न लागेको यो दोस्रो नेपाली फिल्म हो ।

यो फिल्ममा विराजका छोरा समीर भट्टले मुख्य भूमिकामा काम गर्दैछन् । यस्तै, फिल्ममा ‘मिस नेपाल इन्टरनेशनल २०२२’ न्यान्सी खड्काले नायिकाको रुपमा काम गर्दैछिन् । वुझिएअनुसार, यो फिल्ममा न्यान्सी विराजको जोडीको रुपमा देखिदैछिन् ।

सन्तोष सरकारको कथा तथा पटकथामा तयार हुन लागेको यो फिल्मलाई चैत्रको १५ गतेबाट छायांकनमा लैजाने तयारी विराजको छ ।

विराजले यो फिल्ममा एक्सनको नयाँ स्तर देखाउने कोशिश गरिरहेका छन् । फिल्मको छायांकन मुम्बइबाट सुरु हुने वुझिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x