Todays Date: २०८३ बैशाख २०

‘केटी हराएको सूचना’मा नाजिर र सृष्टिको जोडी

430323817 277345692056318 2554797943751863977 n

नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठलाई लिएर नयाँ फिल्म ‘केटी हराएको सूचना’ निर्माणको घोषणा गरिएको छ । सोमबार स्क्रिप्ट पूजा गर्दै यो फिल्म निर्माणको घोषणा भएको हो । नाजिर र सृष्टिले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।

ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्मलाई दीपेन्द्र गौचनले लेखन तथा निर्देशन गर्दैछन् । यसअघि गौचनले सिरियल ‘उजेली’ निर्देशन गरेका थिए ।

नकिम उद्दिमको लगानी रहेको यो फिल्ममा अम्बर महर्जनको छायांकन रहनेछ । फिल्मको छायांकन बिहिबारदेखि काठमाडौं र जनकपुरमा गरिनेछ ।

नायक नाजिर हुसेनको ‘अगस्त्य’ हलमा रिलिज भइरहेको छ । यस्तै, सृष्टिले फिल्म ‘११ः५५’को छायांकन केही साता अगाडि सकाएकी छिन् ।

430302022 378942868243468 9176921059001781518 n
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x