Todays Date: २०८३ बैशाख २०

प्रिमियरमा रूचाइयो ‘उपहार’

Upahar 2

भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘उपहार’ले राजधानीमा बिहीबार ग्राण्ड प्रिमियर गरेको छ । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय पूजा शर्मा र बेनिशा हमाल, अभिनेतात्रय मुकुन भुषाल, समर्पणजंग कार्की र तेज गिरीलगायतको उपस्थिति रहेको शोमा फिल्मकर्मीको बाक्लो उपस्थिति थियो ।

प्रिमियर समारोहमा उपस्थित हुन नसकेकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले भिडियो संदेशमार्फत सबैलाई फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् ।

‘अब उपहार हाम्रो नभई दर्शकको भएको छ । फिल्म हेरेर कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । हामी खुल्ला हृदयले स्वागत गर्नेछौँ’, अभिनेत्री थापाले भनिन्,‘यो फिल्ममा नारीको सङ्घर्षसँगै सक्षमता पनि देखाईएको छ । स्वाभिमानी महिलाको कथा हो ।’

प्रिमियरमा उपस्थित अभिनेत्री केकी अधिकारी, अभिनेता विजय लामा, निर्देशक शोभित बस्नेत, सुदर्शन थापा, मोडल उषा उप्रेती, निर्देशक कृषा चौलागाई, दिवाकर भट्टराईले फिल्मको कथाले मन छोएको बताए ।

त्यस्तै माता सबिता आचार्य, संगीतकार अर्जुन पोखरेल, कलाकार शिवहरि पौडेल, लेखक प्रदीप भारद्वाजलगायतले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।

फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।

benisha pooja
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x