Todays Date: २०८३ बैशाख १९

गायिका समीक्षा भन्छिन्- मलाई मार्न खोजेका थिए तर, हिम्मत हारिनँ, आजभोलि म लडाकुजस्तै लाग्छ

samikshya

गायिका समीक्षा अधिकारीले आफूलाई समाजले पटक पटक छोरी भनेर, नारी भनेर मार्ने प्रयास गरेको बताएकी छन् । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिँदै उनले समाजले स्वतन्त्र उड्न खोज्दा पटक पटक मार्न खोजपनि आफूले हिम्मत नहारेको बताएकी छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पखेटा फिँजार उड्न चाहँदा आफूलाई बतास बनेर उडाएर लैजान खोज्नेहरु धेरै भेटिएका बताएकी छिन्। त्यसबाट आफूले ठूलो शिक्षा प्राप्त गरेको उनको भनाई छ।

आफूले धेरै अप्ठ्यारा परिस्थितिको सामना गरेर अघि बढेकाले आजभोलि आफू लडाकु जस्तै बनेको समीक्षाले बताएकी छिन्।

‘यो लेख्दै गर्दा गाउँमा ममीले घाँस काट्दै हुनुहुन्छ होला। बिहान-बेलुकीको घरधन्दा, गाईबस्तु र छोराछोरी। मेरो परिवारको धेरै ठूला सपनाहरु थिएनन्। छैनन् पनि। साँघुरो सपनाहरुबाट फैलिन चाहनु मेरो के गल्ति थियो र?’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म त पखेटा फिँजाएर उड्न चाहन्थेँ। तर, बतास बनि कतै उडाएर लैजान खोज्ने धेरै भेटिए।’

नेपाली समाजमा छोरी र नारीलाई हेर्ने दृष्टिकोण नफेरिएको भन्दै उनले अन्याय, अच्याचार नसहन पनि आग्रह गरेकी छन्।

‘समाजप्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटक पटक पार्‍यो। धेरै पटक मार्‍यो। तर पनि उठेँ। हिम्मत हारिनँ। हार्ने पनि छैन। आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ। अन्याय जति सह्यो त्यति नै हेपिनुपर्दो रहेछ। त्यसैले अन्यायकाबिरुद्ध लड्ने तागत सम्पूर्ण महिलाहरुमा आफैँबाट आवोस् भन्ने कामना–सुझावसहित अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण दिदीबहिनी, आमा–आन्टीहरुमा शुभकामना व्यक्त गर्दछु!’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x