एलिना चौहानको पक्षमा उभियो ‘राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान’

elina chauhan

गायिका एलिना चौहानले फागुनको २० गते पर्वतमा आयोजित एक महोत्सवमा गीत गाउने क्रममा उनी र साउण्ड सिस्टममा बसेका प्राविधिकबीच भनाभन भयो । उक्त घटना भएको केही दिनपछि साउण्ड सिस्टम व्यवसायीहरूले विज्ञप्ति जारी गर्दै एलिनाले माफी नमागे उनी सहभागी हुने कुनै पनि कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिए । 

यसपछि, दबाबमा आएकी एलिनाले सामाजिक संजालबाट माफी मागिन् । तर, एलिनाले माफी माग्दै गर्दा केही संगीतकर्मीहरुले यस विषयमा आवाज उठाए । उक्त घटनामा के एलिनाको मात्र गल्ती थियो त भन्दै संगीतकर्मीहरुले प्रश्न सोझ्याएका थिए ।  

अब, यो विषयमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले पनि विज्ञप्ति जारी गर्दै आफूहरूको ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष रीता थापा मगर र महासचिव शिव हमालले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘कलाकार र साउण्ड इन्जिनियर, प्राविधिक बीचको अन्योन्याश्रित सम्बन्धलाई समेत ओझेल पार्ने गरि यति संवेदनशील विषयमा एकपक्षीय रुपमा विज्ञप्ति जारी गरि गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने भन्ने जस्ता गैरजिम्मेवार र बहिष्कारको सोचबाट उद्धत अभिव्यक्ति प्रति हाम्रो घोर आपत्ति छ ।’

विज्ञप्तिमा यो स्तरको अव्यवहारिक र असहिष्णु अभिव्यक्ति तुरुन्त सच्चाइ कलाकार र साउण्ड सिस्टम व्यवसायीको परिपूरक सम्बन्धलाई स्वच्छ राख्ने वातावरण श्रृजना गर्न पनि आग्रह गरिएको छ । 

bigyepti
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x