Todays Date: २०८१ माघ ७

नाजिर र सृष्टिले सुरु गरे ‘केटी हराएको सूचना’को छायांकन

430323817 277345692056318 2554797943751863977 n

फिल्म ‘केटी हराएको सूचना’को छायांकन सुरु भएको छ ।

दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा बन्न लागेको यो फिल्मको केही दिन अघि स्क्रिप्ट पूजा गर्दै मुख्य कलाकारको बारेमा जानकारी गराइएको थियो । यो फिल्ममा गौचनकै लेखन छ ।

फिल्ममा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको जोडी बाँधिने भएको छ । उनीहरूले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।

एक महिनाको छायांकन सेड्युल तय गरिएको फिल्मको काठमाडौँमा तीन दिन सुटिङ गरेर मंगलबारदेखि टोली धनुषा तर्फ प्रस्थान भएको छ ।

अम्बर महर्जन छायाकार रहेको फिल्मको बाँकी छायांकन जनकपुरका विभिन्न क्षेत्रमा हुने बताइएको छ ।

ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्माता नकिम उद्दिम हुन् । यसअघि उनले ‘द म्यान फ्रम काठमाडौँ’, ‘सुन्तली’, ‘सानो संसार’ र ‘कागबेनी’ फिल्मको पनि निर्माण गरिसकेका छन् । उद्दिम ५ वर्षपछि फिल्म निर्माणमा फर्किएका हुन् ।

यो फिल्मलाई सन् २०२४ मै प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । निर्माता उद्दिनले फिल्मको व्यावसायिक प्रदर्शन आफूहरूको उद्देश्य रहेको बताएका छन् ।

निर्देशक गौचनले करिब तीन दशक अगाडि बालविवाहको विषयमा टेलिसिरियल ‘उजेली’ निर्देशन गरेका थिए । उनी क्याम्बोडियन नागरिक हुन् । उनले केही क्याम्बोडियन फिल्मको निर्देशन तथा निर्माण पनि गरेका छन् ।

नायक नाजिर हुसेनको ‘अगस्त्य’ हलमा रिलिज भइरहेको छ । यस्तै, सृष्टिले फिल्म ‘११ः५५’को छायांकन केही साता अगाडि सकाएकी छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top