Todays Date: २०८३ असार ८

तस्विरको दुरुपयोग गरेर प्रचार गर्ने शोभित बस्नेत !

sovit kapil

निर्देशक शोभित बस्नेत आफू निर्देशित फिल्मको प्रचारमा फन्डा निकाल्न माहिर छन् । फिल्मको प्रचारका लागि कुनै न कुनै चर्चा निकाल्ने शोभित यसपटक भने नयाँ फन्डाको साथमा आएका छन् ।

चैत्रको २३ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको एउटा गीत रिलिज भइसकेको छ । फिल्मको गीतमा मात्र अभिनय गरेकी नायिका पूजा शर्माले पोष्टरमा समेत राखेर शोभितले प्रचार गरिरहेका छन् । अब, उनले भारतका चर्चित कमेडियन कपिल शर्मालाई समेत प्रचारमा तानेका छन् । फिल्मको नयाँ पोष्टरमा कपिल शर्माको तस्विर प्रयोग गरिएको छ ।

शोभितले केही समय अगाडि भारत जाँदा ‘कमेडी नाइट्स विथ कपिल’को सेटमा पुगेर कपिललाई भेटेका थिए । सो समयमा कपिलले नेपाली फिल्मप्रति आफू सधैं सकारात्मक रहेको र प्रचारमा साथ दिने बताएको शोभितको भनाई छ । कपिलको यही भनाइलाई अहिले प्रचारमा प्रयोग गरिएको छ ।

कपिलले प्रचारमा साथ दिन्छु भन्नु स्वभाविक पनि हो । तर, यति भनेको भरमा नै उनको तस्विर पोष्टरमा प्रयोग गर्नु भने दुरुपयोग हो ।

यो फिल्ममा जयकिशन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, वर्षा चौलागाईं लगायतका कलाकारको अभिनय छ ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे निर्माताको रुपमा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x