
निर्माता तथा निर्देशक सन्तोष सेनको नयाँ फिल्म ‘बलिदान’मा समीर भट्ट फाइनल भएका छन्। लामो समयदेखि नायकको खोजीमा रहेका निर्देशक सेनले उनलाई मुख्य भूमिकामा फाइनल गरेका हुन्। समीर नायक विराज भट्टका छोरा हुन् । समीरले फिल्म ‘१२ गाउँ’मा पनि काम गर्ने पक्का भइसकेको छ ।
निर्माणपक्षले समीरलाई मुख्य भूमिकामा फाइनल गरेसङै फिल्मको नयाँ तीन वटा पोस्टर समेत तयार पारेको छ । जसमा समीरको एङ्ग्री अवतार देख्न सकिन्छ । यो फिल्ममा मुख्य खलनायकको रुपमा सौगात मल्ल र अर्पण थापा केहीसमय अगाडी फाइनल भइसकेका छन् ।
फिल्मका मुख्य नायक फाइनल भएसँगै अब वैशाखको दोस्रो साताबाट छायांकन सुरु गर्ने निर्माणपक्षले बताएको छ । यो फिल्मका मुख्य नायक फाइनल भएको र अब अन्य कलाकारलाई संझौता गर्न तर्फ ध्यान दिने निर्देशक तथा निर्माता सेनले बताए । उनले भने–‘हामीले लामो समयदेखि नायकको खोजी गरिरहेका थियौं । जसले यो फिल्ममा एक युग पुरुषको भूमिका निर्वाह गर्नेछन् । विभिन्न नायकहरूसँग कुरा पनि भइरहेको थियो । अन्ततः समीरजी काम गर्न सहमत हुनुभयो ।’
यो फिल्म आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।


