अनमोलले ‘बलिदान’ नखेलेपनी समीरलाई दिए बधाई

samir anmol

फिल्म ‘बलिदान’बाट अभिनेताको रूपमा डेब्यु गर्न लागेका समीर भट्टलाई नायक अनमोल केसीले बधाई दिएका छन् । निर्माता तथा निर्देशक सन्तोष सेनको पोस्ट फेसबुकमा शेयर गर्दै केसीले निर्माण पक्षलाई बधाई र समीरलाई स्वागत गरेका छन् ।

अनमोलले लेखेका छन्, ‘यो आगामी मेगा प्रोजेक्ट बलिदानको लागि बधाई छ टिम आसुसेन, सन्तोष सेन, प्रेम पुरी दाइहरूलाई । समीर भट्टलाई नेपाली फिल्ममा स्वागत छ ।’ समीरको डेब्युलाई लिएर नेपाली फिल्म क्षेत्रका प्रायःले चासो दिँदै शुभकामना दिएका छन् ।

शुक्रवार निर्माण कम्पनी आसुसेन फिल्मस् द्वारा समीर भट्टको फस्ट लुक सार्वजनिक गर्दै फिल्ममा प्रमुख भूमिका रहने बताइएको थियो । समीर नेपाली फिल्ममा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन् । समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए । फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समय लगाएर समीरलाई छनोट गरेको बताएका छन् ।

सन्तोषको मेघा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ । सम्भवतः नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक प्री-प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हो ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो फिल्म रहने निर्देशक सेनले बताएका छन् । यो फिल्मलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x