Todays Date: २०८३ बैशाख ११

डेब्यू फिल्मको गीतमै ८ सेकेण्डमा सीमित नीति

Khajure Bro

बैशाखको २८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक भएको छ । आज, काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको निर्माणपक्षले रमाइलो गीत सार्वजनिक गरेको हो ।

अनमोल गुरुङको संगीत रहेको यो फिल्मलाई सुरज सुनवारको लेखन तथा निर्देशन छ । नविन मानन्धर र सुरज सुनवारको यो फिल्ममा लगानी छ । फिल्ममा अनमोल गुरुङको संगीत छ । फिल्मको सार्वजनिक गीत रमाइलो छ । यो गीतले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको यो फिल्ममा मित्र डी गुरुङको सम्पादन छ । फिल्ममा रेअर राई, महेश त्रिपाठी, नीति शाह, विनिता थापा मगर, शान्तिला तामाङ, सुष्मा निरौला, पुष्कर गुरुङ, मनिष राउत, पवन लिम्बु, प्रकेश भुजेल, प्रेम सुब्बा, सुजता राई, दीप चन्द्र राई लगायतको अभिनय छ ।

यही फिल्मबाट नायिका नीति शाहले फिल्म क्षेत्रमा डेब्यू गर्दैछिन् ।  यो फिल्म उनको अभिनयको परीक्षा हो । तर, फिल्मको पहिलो गीतमै नीति प्राथमिकतामा परेकी छैनन् ।

गीतमा उनले जम्मा ८ सेकेण्ड ‘स्क्रिन स्पेश’ पाएकी छन् । फिल्ममा उनको जोडी अभिनेता रेयर राईसँग बाँधिएको छ । यो फिल्मको शिर्ष भूमिकामा कलाकार रेअर राई देखिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x