Todays Date: २०८३ बैशाख १०

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको सम्बन्धविच्छेद

Nishan Bhattarai and Richa Neupane

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप बनेयता चर्चित रहेका गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको सम्बन्धविच्छेद (डिभोर्स) भएको छ । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले २०७७ मा कानुनी विवाहमा परिणत गरेका थिए । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरे पनि सम्बन्ध लामो समय टिक्न सकेन । यी दुवै सम्बन्धबिच्छेदको आदेश चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले दिएको हो ।

निशान र मोडल ऋचाको सम्बन्धविच्छेद एक वर्ष देखि यी दुवैले सामाजिक सञ्जालमा एकअर्कासँगको तस्बिर डिलिट गरेसँगै भइरहेको थियो । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै सम्बन्धलाई टुङ्ग्याएको बताइएको छ ।

सम्बन्धविच्छेदपछि अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुने गरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरूले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’

मोडलिङ पेशामा आबद्ध ऋचाले निशानले गाएको गीत ‘लाउर जाने रेल’मा अभिनय समेत गरेकी छिन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x