बफिन्स ९८ टिमले ल्यायो ‘चैते दशैं-फेदिखोलै बगर’

96

सन १९९८ मा पोखराको जनप्रीय बहुमुखी क्याम्पसमा अध्यन गर्ने केहि उत्साहित एवम् सांगीतिक क्रान्तिकारी युवाहरुको अगुवाइमा सांगीतिक समुह बफिन्स ९८ को स्थापना भएको थियो । यी युवाहरुले मुलधारका व्यवसायीक संगीतलाई नपछ्याइ देश्भक्ति अनि राष्ट्रीयताका विषयलाई आत्मासाथगरि गीत-संगीत शृजनामा सामाजिक सन्देश प्रबाह गर्ने उद्देश्यले होमिएर स्थापित भए ।

बफिन्स ९८ ले हालसम्म ३ वटा एल्बम : नौलो कीर्ति-सन २०००, पहिचान-सन २००३ र परावृत्त-सन २०१३ मा बजारमा ल्याइसकेको छ । जस्मा श्रोतामाझ सर्वाधिक लोकप्रीय हुन सफल गीतहरु : हाम्रो देश नेपाल, जब घामको (शान्तिको गीत), शहिद, म मरे पनि जस्ता गीतहरु रहेका छ्न ।

बफिन्स ९८ ले देशभक्ति गीत बाहेकका शृजनामा पनि आफ्नो कौशलता प्रमाणित गरिसकेको छ । बितिसक्यो यो दिन, आखाहरुमा, स्पर्श, आन्जानैमा बसेछ माया, बिर्सेर मलाइ, भावानाका तरेलिमाझ, एक्लो यो सन्सारमा जस्ता गीतहरु लोकप्रीय छन । बिगत केहि समय यता बफिन्स ९८ ले हरेक बर्ष २/३ ओटा शृजना श्रोतामाझ सार्वजनिक गर्दै आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइरहेको छ ।

२०२४ सम्म आइपुग्दा बफिन्स ९८ को धेरै जसो संस्थापक सदस्यहरुले आ-आफ्नै पारिवारिक र व्यक्तिगत जिम्मेवारीका कारण छुट्टा-छुट्टै पेशा र बाटो अंगाली सकेका छन् । वर्तमान समयमा सन्जिब गुरुङ (गायक / बाद्द्यवादक) र जिबन भट्टराई (बाद्द्यवादक) ले अन्य केहि सहयोगी हातहरु रोशन महर्जन (बाद्द्यवादक), स्ट्रगल राना (लेखक) र शेर बहादुर गुरुङ (सम्योजक) संगको सहकार्यमा आफ्नो सांगीतिक कोशेली पस्कदै आएको छ ।

पछिल्लो समय बफिन्स ९८ ले नेपाल – भारत सिमा बिवादलाई गीत मार्फत उजागर र जनजागरण गर्ने हेतु स्वरुप ‘मेरो लिम्पियाधुरा मेरो कालापानी मेरो लिपुलेक’, स्ट्र्गल रानाको शब्दमा श्रोतामाझ ल्याएको थियो जस्ले हामी सम्पुर्ण नेपालीहरुलाई आफ्नो देशको सिमा रक्षार्थ आफ्नो ज्यानको आहुति दिन पनि तयार हुन उत्साह र उर्जाको सन्देश दिएको छ । त्यस्तै, रुदैछ कर्णाली भूमि, मेरो माया रोधि घरकी, माघ है आयो जस्ता गीतहरुले हाम्रै सामाजिक परिवेश भित्रको कथा-व्यथा, कला-संस्कृति र जिवनचक्रको भाका सुनाउँछ ।

‘चैते दशैं-फेदिखोलै बगर’ गीतको शिर्षकवाटै यो गीतको मुलभाव हाम्रै नेपालीहरुको मौलिक चाड पर्व र सस्कृति सम्बन्धि हो भनेर बुज्न सकिन्छ । नेपालको बिभिन्न भूभागहरुमा आ-आफ्नै शैलीमा मनाइने यो चैते दशै मेला स्याङ्जा जिल्लाको फेदिखोला बजारमा बर्षेनी लाग्ने गर्द्छ । पुर्वकालमा, फेदिखोलाको किनारमा हेरिने यो जमघट आहिले एक वृहत महोत्सवको रुपमा स्याङ्जा र छिमेकी जिल्लामा परिचित छ ।

यस गीतमा स्वर/संगीत – सन्जिब गुरुङ, शब्द – स्ट्रगल राना/सन्जिब गुरुङको रहेको छ भने, संगीत संयोजन सुमन तामाङ र ध्वनी संयोजन बुद्दराज बज्रचार्यको रहेको । यस गीतको म्युजिक भिडियोमा फेदिखोला बजार र सेरोफेरोका सुन्दर रमणीय स्थलहरुको आकर्षक दृश्य छायांकन गरिएको छ । बिशाल तामाङको कथा -निर्देशनमा यकिन गुरुङ र बेलु गुरुङको अभिनय हेर्न सकिन्छ ।

आफ्नै गाउँ/शहर वरपरका चाड पर्व मेला र पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेको तर प्रचार अभावका कारण गुमनाम रहेका स्थलहरुको आन्तरिक पर्यटन प्रवर्धन र प्रोत्साहनमा गीतले टेवा पुर्याउने विश्वास छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x