Todays Date: २०८३ बैशाख ९

किन परिवर्तन देखिन खोज्दै छन् दयाहाङ ?

Dayahang Rai Kabaddi 4 768x470 2 1

अभिनेता दयाहाङ राईले गत वर्ष अभिनय गरेका ९ वटा फिल्म रिलिजमा आए । जसमा चार वटा फिल्म चल्दा चार वटा असफल भए । ‘डिग्री माइला’ भने हिट हुने बाटोमा छ ।

दयाहाङले अभिनय गरेका फिल्म मात्र होइन, छायांकन गरेका फिल्मको लाइनअप पनि लामो छ । केही वर्षयता उनले नेपाली फिल्मको ‘नम्बर एक’को स्थानमा छन् भन्दा फरक पर्दैन । यो स्थान अझै डगमगाएका छैन । पछिल्लो परिस्थिति हेर्ने हो, भने नेपाली फिल्मले अब केही वर्ष दयाहाङकै पछि हिँड्नु पर्ने देखिन्छ । तर, उनलाई पैसामुखी भएको आरोप लाग्दै आएको छ ।

तर, अब दयाहाङले काम गर्ने शैली बदल्ने भएका छन् । नायक राईले अब स्क्रिप्ट चित्त नबुझेसम्म फिल्मको छायांकन नगर्ने तयारी गरेका छन् । यस कारण, यो वर्ष उनले साइन गरेका धेरै फिल्मको छायांकन समयमै सुरु नहुने देखिन्छ ।

दयाहाङ यति बेला फिल्म ‘कार्साङ’को छायांकनमा व्यस्त हुनुपर्ने हो । तर, फिल्मको कथावस्तु उत्कृष्ट भए पनि पटकथा र संवादमा अझै केही कुरा चित्त नबुझेकाले उनले फिल्मको छायांकन सुरु गर्न मानिरहेका छैनन् । यही कारण, यो फिल्मको छायांकन चैत्रमा सुरु हुने भनिए पनि हुन सकेको छैन ।

यी बाहेक अरू फिल्मका कथावस्तुमा पनि दयाहाङले अब विशेष ध्यान दिन थालेका छन् । आफूले धेरै फिल्ममा काम गरिरहेको कुरा उनले मज्जाले बुझेका छन् । तर, गत वर्ष यी कुरालाई बेवास्ता गर्दै उनले धमाधम काम गरिरहेका थिए । तर, यो वर्षबाट भने उनी स्क्रिप्टमा गम्भीर बन्न थालेको बुझिएको छ ।

दयाहाङको काम गर्ने शैली परिवर्तन भएपछि अब निर्देशक र लेखकलाई केही दबाब बढ्नेछ । तर, यसले दर्शकले दयाका राम्रा फिल्म भने हेर्न पाउनेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x