फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति हेरफेर

A ROAD TO A VILLAGE

फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति हेरफेर भएको छ । यो फिल्मलाई जेठ १८ गतेबाट रिलिज गर्ने तयारी गरिए पनि अब एक साता पोस्टपोन्ड गर्दै जेठ २५ पुर्याइएको छ ।

यो मितिमा फिल्म ‘लण्डन टू पेरिस’ रिलिज हुने पक्का भइसकेको छ । यसैले, बक्स अफिसमा दयाहाङ राइको फिल्म अब नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको फिल्मसँग जुध्ने पक्का भएको छ ।

यो फिल्मको प्रदर्शन मिति हेरफेर भएसँगै यसको विदेश अधिकार समेत विक्री भएको छ । सेभेन सिज इन्टरटेन्मेन्टले यो फिल्मको विदेश अधिकार खरिद गरेको हो ।

यो फिल्ममा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रशान राइको अभिनय छ । यो फिल्मले दुर्गम गाउँमा सडक र गाडी पुगेपछि एउटा परिवारका के कस्तो भिन्नता देखिन्छ भन्ने कथालाई उठान गरेको छ ।

यो फिल्मलाई नबिन सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा मार्किन कापरोनको छायांकन, निर्देशक सुब्बा र महेश राइको कथा लेखन छ । फिल्ममा अमोद राई र नविन सुब्बाको लगानी छ । सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई फिल्मका कार्यकारी निर्माता हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x