Todays Date: २०८३ जेष्ठ १२

‘पुजार सार्की’को मर्मस्पर्शी गीत ‘रीमै’ सार्वजनिक

aaryan

किङ्डम नेटवर्कको प्रस्तुतिमा तयार भएको फिल्म ‘पुजार सार्की’को दोस्रो गीत ‘रीमै’ सार्वजनिक गरिएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्मको सार्वजनिक गीतमा दिबेन्द्र बराल र मुना थटालको स्वर, दिनेश राउतको शब्द, सुभाष भुसालको संगीत छ ।

यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरूलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु, प्रेम सुब्बालाई फिचरिङ गरिएको छ ।

यो गीतले आर्यन र अन्जना, प्रदीप र परिक्षाबिचको प्रेम सम्बन्धलाई स्थापित गर्न खोजेको छ । साथमा, गीतको अन्तिममा समावेश पल र प्रदिपबिचको संवादले पनि केही अर्थ बोकेको वुझ्न सकिन्छ ।

सुभाष भुसालको निर्माणमा तयार भएको फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, शिशिर खत्रीको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन छ ।

सार्वजनिक गीतबाट मुख्य पाँच कलाकारको भूमिका समेत केही खुलाउने कोशिश यसको निर्माणपक्षले गरेको छ । जेठको १० गतेबाट यो फिल्म रिलिजमा आउँदैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x