प्रकाश सपूत फिल्म बनाउँदै, जोडीमा स्वस्तिमा

prakash saput swastima khadka

फिल्म ‘परदेशी २’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका गायक प्रकाश सपुत अब निर्देशक पनि बन्दैछन् । उनको लेखन, निर्माण, निर्देशन तथा अभिनय रहने फिल्मको घोषणा केही दिनमा हुँदैछ । यो फिल्मको टिजर समेत तयार पारिसकिएको छ ।

यसैबिच, फिल्ममा नायिका स्वस्तिमा खड्का पनि फाइनल भएको वुझिएको छ । विशेष स्रोतले मेरो फिल्मलाई दिएको जानकारी अनुसार, स्वस्तिमाले फिल्मको टिजरमा समेत अभिनय गरिसकेकी छिन् ।

स्वस्तिमा र प्रकाशले यसअघि एउटा गीतको भिडियोमा सहकार्य गरेका थिए । अब, उनीहरू ठूलो पर्दामा पनि सहकार्य गर्न तयार भएका छन् ।

प्रकाशले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पनि साइन गरिसकेका छन् । यो फिल्ममा नायिका केकी अधिकारीले उनीसँग जोडी बाँध्न लागेको चर्चा छ ।

तर, यस विषयमा निर्माणपक्षले केही पनि बताएको छैन । यो फिल्मको छायांकन भने जेठ महिनामा सुरु हुँदैछ । यो फिल्मको छायांकन सकेपछि प्रकाशले आफ्नै निर्देशनमा बन्ने फिल्मको छायांकन सुरु गर्नेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x