Todays Date: २०८३ जेष्ठ ११

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला

441025588 300033636528107 5727429657246468238 n

हाल छायांकनकाे क्रममा रहेकाे फिल्म ‘भाईरल गोर्खे’मा चर्चित पत्रकार ऋषि धमलाले सट दिएका छन् । निगम श्रेष्ठको निर्देशनमा निर्माण भइरहेकाे फिल्मको लागि लिखित सम्झौता भएसगैं धमला सुटिङको लागि लमजुङको भुजुङमा पुगेका हुन् ।

कमेडी–ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा रहेका रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष समेत रहेका धमलाले पत्रकारकै भुमिकामा निर्वाह गरेकाे निर्माण टिमले जानकारी गराएको छ ।

याे फिल्म सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुने प्रवृत्तिकाे पछिल्लो समय नियालेर बनाइएकाे छ । जसमा भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम फिल्ममा देखान पाइने निमार्ण पक्षले बताएको छ । साेही अनुसार धमलालाई यस भूमिकामा लिनुकाे कारण फिल्मको कथा अनुसार नै उनैलाई लिनु परेको निर्देशक निगम श्रेष्ठले बताएका छन् ।

फिल्ममा ऋषि धमलाका अलवा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ र लक्ष्मी गिरी मुख्य भूमिकामा रहनेछन् ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण हुने यश फिल्मलाई अमर महर्जनले खिच्ने छन् । फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको लगानी रहेकाे छ ।

441222620 795489245552543 4198710411852500887 n
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x