Todays Date: २०८३ जेष्ठ १२

‘मनसरा’को ‘एक तार मनको’ गीतमा मिरुनाको छोरासँग प्रवीणको निकटता

prabin

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’को नयाँ गीत सार्वजनिक गरिएको छ। यो फिल्मले आइतबार ‘एक तार मनको’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत समावेश गरिएको छ भने गीतको भिडियोमा यो फिल्मका ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा बाल कलाकार नेनाहाङ राई छन्।

करिब साढे दुई मिनेट लामो गीतमा सन्तान सुख भोग्नबाट बञ्चित दधिरामलाई ‘तान्छो’सँगको निकटतालाई प्रस्तुत गरिएको गीतले यिनै भावहरुलाई पस्किएको छ। फिल्ममा बाल कलाकार नेनाहाङले अभिनेत्री मिरुना मगरको छोराको भूमिकामा अभिनय गरेका छन् ।

यो फिल्मलाई निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्। फिल्ममा प्रविण, मिरुनाका अलावा मेनुका प्रधान, दयाहाङ राईको लगायतकाको मुख्य भूमिका छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x