Todays Date: २०८२ बैशाख १३

जुम्लामा ढुङ्गामुढा प्रहार भएपछि ज्योति मगर भन्छिन्ः ममाथि ढुङ्गा मुडा भएको भए खुसी नै हुन्थेँ

Jyoti Magar Jumla Concert

गायिका ज्योति मगर सहभागी भएको साङ्गीतिक कार्यक्रममा ढुङ्गा प्रहार भन्दै सामाजिक सञ्जालमा केही भिडियो क्लिपहरु तीव्र रूपमा भाइरल भइरहेका छन् ।

गायिका मगरमाथि जुम्लामा दुई अघि (वैशाख २२) गते आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा उनीमाथि ढुङ्गा प्रहार भएको भएको बताइएको छ ।

ढुङ्गा प्रहार भयो भनेर उक्त कार्यक्रमका भिडियोहरू तीव्र रूपमा भाइरल भइरहदाँ गायिका मगरले यस घटनाका बारेमा फेसबुकमा स्ट्याटस लेखेर खण्डन गर्दै उनले आफूमाथि ढुङ्गा प्रहार नभएको स्पष्टीकरण दिइएकी छन् । साथै, उनले ढुङ्गा प्रहार भयो भनेर आएका खबरहरू भ्रम फैल्याउनका लागि प्रयोग गरिएको बताइन् ।

ज्योतिले फेसबुकमा यस्तो लेखेकी छन्, ‘यो हो जुम्लाको दृश्य, भएको के हो भने, १० हजारभन्दा बढी दर्शकको उपस्थिति थियो, मैले गीत गाउँदै गर्दा दर्शकहरूको नाच्न र झुम्न थाल्ने क्रममा त्यहाँ भएका स-साना बच्चा र महिलाहरू च्यापिन थालेपछि प्रहरी भिडमा घुसेर रोक्न खोज्दै लाठी चार्ज गर्नु भयो, नाच्न नपाएपछि केटाहरूले प्रहरीलाई ढुङ्गा हान्न थाले, एकछिन माहौल बिग्रेको हो, करिब आधा घण्टा म्युजिक अफ गरेपछि फेरि माहौल साम्य भयो, बाँकी गीत गाएर कार्यक्रम सकाइयो…भएको यो हो…’

यदि, ममाथि ढुङ्गा मुडा भएको भए नि म त खुसी नै हुन्थेँ किन थाहा छ ? बिना दर्शकको खाली चौर मा गीत गाउनु पो अपमान हो १० हजार बढी दर्शकले पैसा तिरेर मलाइ हेर्न आउँछ भने त म खुसी खुसी ढुङ्गा नि खाइदिने हो…

कार्यक्रम भव्य र सभ्य भयो भन्ने तर, चौरमा चार जना नि दर्शक नहुनुलाई भन्छ दर्शकले लखेटेको भनेर । लखेट्नुलाई ढुङ्गा हान्नु पर्दैन उसको कार्यक्रम नै नहेर इगनोर गर्नु नै मनदेखि विरोध गर्नु लखेट्नु हो के बुङाहरू कुरा बुझ्ने गर…

‘अहिले आइरहेको समाचार मेरा विरोधीहरूले फैल्याइरहेको भ्रम हो, उनीहरूले अरू त केही गर्न सक्दैन भ्रम फैलाउने, भ्रममै रमाउने हुन्, बिचराहरू। अहिले धेरै जनाको स्ट्याटस र भिडियो क्लिप शेयर गरिरहेको कतिपयको प्रोफाइल हेरेको कोही कोही आरिष गर्ने कलाकार र आरिष गर्ने ‘सो कल्ड’ समाजसेवी देखे कोही कोही चाहिँ उहीँ विचरा ज्ञानेन्द्र शाही जीका भक्तहरू बाँकी थाहा नपाउने ‘इनोसेन्ट पिपुल’ जसले जे भने नि होला कि भनेर विश्वास गर्नेहरू… त झ्याँक्नेहरू भ्रम फैलाउँदै भ्रममा रमाउँदै गर, म चाहिँ हिँडे सुर्खेतको सिम्तातिर गीत गाउन, लखेट्नु छ भने आइज १०० रुपैयाँको टिकट काटेर महोत्सव भित्र।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top